कैलाली । भारतबाट फर्किएर दार्चुलाको मार्मा गाउँपालिकाको क्वारेन्टाइनस्थलमा बसेकाहरुले राहात स्वरुप भत्ता माग गरेका छन् ।
भारतबाट मजदुरी गरेर ल्याएको रकम पनि सकिएको भन्दै दार्चुलाको मार्मा गाउँपालिकाको क्वारेन्टाइनस्थलमा बसेकाहरुले राहत स्वरुप भत्ता माग गरेका हुन् । उनीहरुले ३४ दिन भारतको क्वारेन्टाइनमा बसेको र अब नेपालमा कती बस्नुपर्ने थाहा नभएको भन्दै गुनासो गरे ।
खेती गर्ने समय सुरु भएको तर, आफूहरुसँग रकम नभएको भन्दै उनीहरुले राहत स्वरुप पैसा पाउनुपर्ने माग गरेका हुन ।