Aafno Khabar

महोत्तरीमा अज्ञात रोगबाट मृत्यु हुने क्रम रोकिएन, मृत्यु हुनेको संख्या १२ पुग्यो

  • May 3, 2020 प्रकाशित

महोत्तरी । अज्ञात रोगका कारण महोत्तरीमा ज्यान जानेको संख्या १२ पुगेको छ । आइतबार थप एक जनाको ज्यान गएपछि ज्यान जानेको संख्या १२ पुगेको हो ।

आइतबार बिहान भंगाहा ७ का ५८ वर्षीय रुपनारायण सिंह दनुवारको ज्यान गएको हो । दनुवारको ज्यान गएसँगै महोत्तरीको दुई बस्तीमा अज्ञात रोगका कारण ज्यान जानेको संख्या १२ पुगेको हो । भंगाहा नगरपालिका–७ र बर्दिवास नगरपालिका–१२ एक आपसमा जोडिएका बस्ती हुन् ।

स्थानीयका अनुसार दनुवार बिहानसम्म बिरामी थिएनन् । अचानक बिरामी परेर उनको ज्यान गएको हो ।

शनिबार मात्रै बर्दिवास–१२ स्थित इँटाभट्टामा काम गर्ने ५५ वर्षीय भारतीय नागरिक मोतीलाल प्रजापति र भङ्गाहा–६ जमुनियाँका ४८ वर्षीय पलट साहको पनि अज्ञात रोगका कारण ज्यान गएको थियो ।

मृतकमा एकै खालको लक्षण देखिएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार अचानक पेट दुखेपछि बान्ता गर्ने र झाडापखला लाग्ने र अन्तिममा बिरामीको ज्यान जाने गरेको छ ।