काठमाडौं । काठमाण्डाैकाे सानाेभर्याङबाट १० लाख मास्कसहित प्रहरीले एक जना पक्राउ गरेकाे छ ।
महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले बुधबार उक्त परिमाणको मास्क बरामद गरेको हो । पक्राउ पर्नेमा गोरखाका युवराज न्यौपाने रहेको महानगरीय अपराध महाशाखाले जनाएकाे छ ।
काेराेना भाइरसकाे संक्रमण बढीरहेकाे बेलामा बजारमूल्य भन्दा बढीमा बिक्री गर्न खाेजेकाे सूचनापछि प्रहरीले निगरानी बढाइरहेकाे छ ।
यसअघि शनिबार आइतबार र सोमबार पनि प्रहरीले १० लाख बढी मास्क बरामद गरेको थियो ।
महान्यायाधीवक्ताको कार्यालयले बरामद भएका मास्क तत्काल प्रक्रिया पुर्याएर बिक्रीवितरण गर्न निर्देशन दिइसकेको छ ।