महोत्तरी । मनरासिस्वा नगरपालिकाको मनरा गाउँमा पछिल्लो तीन दिनमा ५ जनाकाे ज्यान गएपछि गाउँभर त्रास बढेकाे छ । गएकाे तीन दिनमा नगरपालिका–१ साविकको मनरा गाउँका ५० वर्षीय ब्रह्मदेव मण्डल, ५५ वर्षीय राघो मण्डल, ४५ वर्षीय सुखचन्द्र मण्डल, ५० वर्षीय विकास मण्डल र ५५ वर्षीय गङ्गा सिंहको ज्यान गएकाे वडा नम्बर १ का वडाध्यक्ष शशीभूषण चौधरीले बताउनुभयो ।
उहाँका अनुसार गएकाे साता मङ्गलबारदेखि अचानक उनीहरु बिरामी भएका थिए । एक्कासि बिरामी भएर ज्यान जान थालेपछस मनरा गाउँवासी आतङ्कित भएका छन् । उनीहरुको मृत्युको कारणलाई लिएर विभिन्न अड्कलबाजी भइरहेको छ ।
उनीहरुको मृत्यु विषाक्त मदिरा सेवनबाट भएको वडाध्यक्ष चौधरीको बताउनुहुन्छ । उपचारमा संलग्न चिकित्सकले उनीहरुको मृत्यु मदिरा सेवनबाट भएको बताएकाे वडाध्यक्ष चाैधरीले बताउनुभयाे । तर अन्य कतिपयले भने उनीहरुकाे मृत्यु अन्य कारणले भएकाे पनि बताइरहेका छन् ।