Aafno Khabar

कोरोना भाइरसको संक्रमणका कारण स्पेनमा फुटबल प्रशिक्षकको निधन

  • March 17, 2020 प्रकाशित

कोरोना भाइरसको संक्रमणका कारण स्पेनमा एकजना युवा फुटबल प्रशिक्षकको निधन भएको छ । ल्युकेमियाबाट पनि ग्रसित रहेका २१ वर्षे फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको निधन भएको हो ।

उनी मालागामा रहेको एथ्लेटिको पोर्ताडा अल्ताको युवा टिमका प्रशिक्षक थिए । कोरोना भाइरसको संक्रमणको लक्षणसहित उनी अस्पताल गएपछि उनमा क्यान्सर पनि रहेको डाक्टरहरुले बताएका थिए

उनकाे आइतबार निधन भएको हो ।

मालागामा कोरोना भाइरसका कारण निधन उनी कम उमेरका व्यक्ति हुन् । मालागामा कोरोनाका कारण यसअघि अन्‍य चारजनाकाे निधन भइसकेकाे छ ।

सम्बन्धित शीर्षकहरु