काठमाण्डौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपत्यकाकाे ट्राफिक जाम व्यवस्थापनका लागि विद्यालयको समय परिवर्तन गर्न निजी विद्यालयलाई प्रस्ताव गरेकाे छ ।
मन्त्रालयले विद्यालय बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न प्रस्ताव गरेको छ ।
अहिले सबैजसो निजी विद्यालय बिहान १० देखि दिउँसो ४ बजेसम्म सञ्चालन भैरहेका छन् ।
केही निजी विद्यालयले विद्यार्थीहरु टाढाटाढाबाट बसमा ल्याउने गरेकाले कार्यालय जाने र फर्कने समयमा ट्राफिक व्यवस्थापन गर्न कठिन हुने गरेकाे ट्राफिक प्रहरीले जनाएकाे छ । उपत्यकामा दिन प्रतिदिन सवारी साधनकाे चाप बढीरहेकाे छ ।