Aafno Khabar
add khanepani

इरानमा काेराेना भाइरसका कारण ज्यान गुमाउनेकाे संख्या ८५० भन्दा बढी

  • March 16, 2020 प्रकाशित

इरानमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ सय ५३ पुगेको छ ।

पछिल्लो समय इरानमा कोरोना भाइरसबाट सङक्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या तीव्र रुपले बढिरहेको छ ।

भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या झण्डै १५ हजार नजिक पुगेको छ । ४ हजार ५ सयभन्दी बढी उपचारपछि घर फर्किएका छन् । एक हजार ५३ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

कोरोनाका कारण इरानमा सर्वोच्च नेताको चुनाव गराउने शीर्ष धार्मिक सङ्गठनका एक ७८ वर्षीय सदस्यको पनि ज्यान गएको छ ।

इरानमा गएको फेब्रुअरी १९ मा कोरोनाका कारण पहिलो व्यक्तिको ज्यान गएको थियो ।

विश्वव्यापी रुपमा फैलिएको भाइरसका कारण अहिलेसम्म ६ हजार ६ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । सङ्क्रमण हुनेको सङ्ख्या एक लाख ७४ हजार पुग्दा ७७ हजार बढी उपचारपछि घर फर्किएका छन् ।