काठमाडाैं । अहिले काठमाडाैंसहित देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले रातिदेखि नै विभिन्न ठाउँमा मेघगर्जनसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले पानी पारिरहेको प्रणाली सक्रिय हुने भएकाले आज दिउँसो पनि देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिना पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार उच्च हिमाली तथा पहाडी भेगमा हिमपात पनि हुनेछ । तर झरीको सम्भावना भने छैन । पश्चिमी वायुसँगै स्थानीय वायु कमजोर भएपछि आइतबारदेखि भने मौसम खुल्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।