काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले आफूहरुले धेरै सोच र विचार गरेर नेपालमा गाँजा खेति व्यवस्थापन तथा नियमन गर्न संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा प्राईभेट विल दर्ता गराएको स्पष्ट पार्नुभएको छ । उक्त विद्येयक सर्वसम्मतीले पारित हुनेपनि उहाँले विश्वास दिलाउनु भयो ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सांसद तामाङले उक्त विद्येयक गैरसरकारी रूपमा दर्ता गरिएको सुनाउँदै नेपालमा गाँजा खेति खुल्ला गरिए नेपाली जनता तथा देश नै समृद्ध हुने पनि दाबी गर्नुभयो ।
गाँजाको सेवनमात्रै नभएर यसको रेसाबाट कपडासमेत बन्ने गरेको उहाँको भनाई छ । ‘गाँजाको रेसाबाट बन्ने कपडा त विश्वमै महँगो कपडाको रुपमा बिक्रि भैरहेका छन् ।’–उहाँले भन्नुभयो,‘यसबाट बनेका कपडाहरुको विश्व बजारमा अत्यन्तै ठूलो माग छ । खासगरी गाँजाको रेस्साबाट बन्ने कपडाका कोटहरु त झनै महँगा छन् ।’ उहाँले गाँजामा औषधीय गुण भएकोले यसलाई रोक्न नहुने पनि तर्क गर्नुभयो ।