काठमाण्डाै – युवराज खतिवडा अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त हुनुभएकाे छ ।
मंगलबारमात्र अर्थमन्त्रीबाट राजीनामा दिनुभएका खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले २ मन्त्रालय हेर्ने गरी फेरि मन्त्री नियुक्त गर्नुभएकाे हाे ।
नवनियुक्त मन्त्री खतिवडाले बुधबार दिउँसो चार बजे राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको सपथ लिनु हुनेछ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य नियुक्त भएका खतिवडाको कार्यकाल मंगलबार सकिएको थियो । संसदीय चुनाव भएपछि संसद नरहेका व्यक्ति मन्त्री भएको यो पहिलो पटक हो ।