Aafno Khabar
add khanepani

सगरमाथाको उचाइ नाप्ने काम ९० प्रतिशत सकियाे : मन्त्री अर्याल

  • February 28, 2020 प्रकाशित

काठमाडाैं ।  भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले सगरमाथाको उचाइ नाप्ने काम ९० प्रतिशत सकिएकाे जानकारी दिनुभएको छ ।

शुक्रबार आफ्नो कार्यकालमा प्राप्त उपलब्धिहरुको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले यस्तो बताउनुभएको हो । नेपालले पहिलो पटक आफ्नो जनशक्ति र स्रोत परिचालन गरेर सगरमाथाको उचाई नाप्ने काम सुरु गरेको हो ।

नेपालको नक्सा निर्माणका लागि बनेको प्राविधि टिमले सुझाव पेश गरेको र नापी विभागले बनाएको टीमले काम अन्तिम चरणमा पुर्‍याएको उहाँले बताउनुभयो । पहिलो पटक नापनक्साको काम लाइडर नापीजस्ता अत्याधुनिक प्रविधि प्रयोगको गरिएको छ ।

सुकुम्वासी र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि मन्त्रालयले कानुन बनाएको र कार्यान्वयनको चरणमा रहेको छ । भूमि मन्त्रालयबाट अर्थमन्त्रालयमा आयोग गठन आदेश पुगिसकेको जानकारी उहाँले दिनुभयो । यसका लागि आयोगमात्रै नभएर आयोगलाई सहयोग पुग्ने संयन्त्र बनाएर अगाडि बढ्ने प्रयास भएको मन्त्री अर्यालले बताउनुभयो ।

सरकारले २८४ बिघा जग्गा सरकारको नाममा फिर्ता लिएको मन्त्री अर्यालले बताउनुभयो । २८४ बिघा ५ कट्ठा १५ धुर जग्गा सरकारले फिर्ता आफ्नो नाममा ल्याउको उल्लेख गर्दै मन्त्री अर्यालले नेपाल सरकारको नाममा कायम गर्न १३ बिघा १८ कट्ठा १ धुर जग्गा रोक्का राखिएको बताउनुभयो ।

हदबन्दीभन्दा बढी रहेको १० हजार १९२ बिघा जग्गा सरकारको नाममा कायम गर्न रोक्का राखिएको छ । सहकारी ऐन संशोधनको तयारी गरेको मन्त्री अर्यालले बताउनुभयो । वित्तीय कारोबारसँग जोडिएका कुराहरु पनि संशोधन मार्फत सम्बोधन हुने उहाँले बतानुभयो ।