Aafno Khabar
suvakamana add

शिक्षक लाइसेन्सको नतिजा सार्वजनिक

  • २०७६ फाल्गुन १४ गते प्रकाशित

काठमाण्डाै – शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ । गत असोजमा लिइएको परीक्षाकाे नतिजा सार्वजनिक भएकाे हाे ।

आयाेगले पहिलाे चरणमा माध्यमिक तहका विभिन्न विषयका नतिजा सार्वजनिक गरिएको जनाएको छ।

माध्यमिक तहको इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, पशुविज्ञान, बालीविज्ञान, कानुन, कम्प्युटर इन्जिनियरिङ र कम्प्युटरविज्ञान विषयको नतिजा सार्वजनिक गरेको हो ।

नतिजा विवरण आयोगको वेबसाइट http://www.tsc.gov.np/ मा उपलब्ध छ ।