कोरोना भाइरसको प्रभाव खेल क्षेत्रमा पनि परेकाे छ । काेराेना भाइरसकाे प्रभावका कारण इटालीका ठूला फुटबल खेल दर्शकको उपस्थिति बिना नै हुने भएका छन् ।
इटालीका खेलमन्त्री विनसेन्जी स्पाडाफोराले क्याबिनेट बैठकपछि यी खेलमा दर्शककाे उपस्थिति नहुने बताए । उनले भने, ‘कोविड–१९ को संक्रमितको संख्या लगातार बढिरहेको छ । उत्तरी इटलीको ६ सहरमा खेल आयोजना बन्द भएका छन् । यसकारण हामीले स्टेडियममा दर्शककाे इन्ट्री बन्द गरेका हौँ।’
तर मन्त्रीले कति खेलका लागि दर्शक प्रतिबन्ध गरिएकाेबारे भने केही बोलेका छैनन् ।
कोरोनाभाइरस प्रभावित एत्तरी इटालीमा लिगको ६ खेल हुन बाँकी छ । जसमा आइतबार युभेन्टस र लिगको तेस्रो नम्बरमा रहेका इन्टर मिलानको खेल पनि सामेल छ ।
इन्टर मिलानले पनि आफ्नो खेलमा दर्शकको इन्ट्री बन्द गरिने एक विज्ञप्तिमार्फत बताएको छ ।
–एजेन्सी