एजेन्सी – दक्षिण कोरियाले कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भएपछि सतर्कता बढाएको छ । दक्षिण कोरियामा अहिलेसम्म ७ सय ६३ जनामा सङ्क्रमण भएको र तीमध्ये ७ जनाको मृत्यु भएको पुष्टि भएको छ।
सङ्क्रमित व्यक्तिको सङ्ख्या फेरि ह्वात्तै बढेको अधिकारीहरूले बताएका छन् । यो वृद्धिसँगै दक्षिण कोरियामा सङ्क्रमित व्यक्तिको सङ्ख्या चीनबाहिर सर्वाधिक पुगेको छ । आइतबार मात्रै थप १ सय ६१ जनामा काेराेनाकाे संक्रमण देखिएको छ ।
सङ्क्रमण बढेको बढ्यै गर्न थालेपछि त्यहाँ “उच्चतम तह” को सतर्कता घोषणा गरेर सरकारी अधिकारीहरू कोरोना भाइरस प्रकोप नियन्त्रण गर्न लागि परेका छन् ।