एजेन्सी – अफ्रिकी मुलुक केन्यामा एक व्यक्तिले अवैध सम्बन्ध राखेको आशंकामा पत्नीको यौनाङ्ग सुपर ग्लुले टालिदिएका छन् ।
पतिको यस्तो व्यवहारपछि छटपटाएकी ती महिलालाई उनका छिमेकीले उद्दार गरेका थिए । उनको हालत गम्भीर भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
डेलि मेलमा प्रकाशित समाचार अनुसार ३६ वर्षीय डेनिस मुमोले आफ्नी पत्नीको मोबाइलमा केही म्यासेज र तस्बिरहरु देखेका थिए । उनले त्यसलाई नै आधार मानेर पत्नीको अवैध सम्बन्ध भएको आशंका गरेका थिए । यद्यपी डेलि मेलले यसबारे पुष्टि गरेकाे भने छैन । स्थानीय एक सञ्चार माध्यमलाई उद्धृत गर्दै डेलि मेलले समाचार प्रकाशन गरेकाे छ ।
मुमाे कामको सिलसिलामा घरबाट टाढा बस्ने गर्थे । उनकी पत्नीले उनी घरमा नभएको समयमा परपुरुषसँग सम्बन्ध राख्ने गरेको उनको दाबी छ ।
यद्यपि मुमाे पक्राउ परिसकेका छन् । उनले प्रहरी समक्ष आफ्नो गल्ती पनि स्वीकारेका छन् ।