Aafno Khabar

संसदमा झूटो बोलेको आरोपमा ट्रम्पका पूर्व सल्लाहकारलाई ४० महिना जेल सजाय

  • February 23, 2020 प्रकाशित

एजेन्सी । अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार रोजर स्टाेनलाई ४० महिना जेल र २० हजार डलर जरिवानाको सजाय सुनाएको छ ।

गएको नोभेम्बरमा अमेरिकी संसदमा ७ पटकसम्म झूटो बोलेको, काममा बाधा पुर्याएको र विभिन्न महत्वपूर्ण विषयलाई गुमराहमा राखेको अभियोग पुष्टि गर्दै अदालतले स्टाेनलाई सजाय सुनाएको हो ।

सन् २०१६ मा भएको चुनावमा डोनाल्ड ट्रम्पलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका ६७ वर्षीय स्टाेनलाई गएको हप्ता राष्ट्रपति ट्रम्पले सल्लाहकारबाट हटाउनुभएको थियो ।

यसअघि पनि विभिन्न विवादमा मुछिँदा स्टाेनले ट्रम्पबाट छुट पाउँदै आएका थिए ।