Aafno Khabar

नेपालमा करले जनताको ढाड सेक्दा, भारतमा व्यक्तिगत आयमा भारी छुट

  • २०७६ माघ १८ गते १३:३४ प्रकाशित

एजेन्सी । भारतले आर्थिक वर्ष २०२०÷२१ को बजेट मार्फत व्यक्तिगत आयमा लाग्ने करमा भारी कटौती गरेको छ । भारतिय अर्थमन्त्री निर्मला सीतारमणले शनिबार संसदमा पेश गरेको आर्थिक वर्ष २०२०÷२१ को बजेटकम करका दरहरु घटाउने प्रस्ताव गरेकी हुन् ।

अहिले भारतमा २ लाख ५० हजार रुपैंयासम्म आम्दानी गर्नेले कुनैपनि कर तिर्नु पदैन । भारतले करको दर घटाएसँगै अब नेपालको भन्दा भारतमा आम्दानी गर्नेले कम कर तिर्नुपर्ने अवस्था आएको छ ।

भारतले लाभांशमा लाग्ने करलाई पनि घटाएकोे छ भने उत्पादनमुलक क्षेत्रका कम्पनीहरुका लागि करमा भारी छुट लिने प्रस्ताव गरिएको छ ।