Aafno Khabar

बार्सिलोना भ्यालेन्सियासँग पराजित

  • January 26, 2020 प्रकाशित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना भ्यालेन्सियासँग दुई–शून्य गोल अन्तरले पराजित भएको छ ।

भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका जोर्डी अल्बाको आत्मघाती गोलसँगै भ्यालेन्सियाले ४८औँ मिनेटमा अग्रता लिएको थियो ।

त्यसपछि खेलको ७७औँ मिनेतमा म्याक्सी गोमेजले गोल गर्दै भ्यालेन्सियाको जित सुनिश्चित गरे । बार्सिलोनाको मुख्य प्रशिक्षकमा आएका क्विक सेटिनले पहिलो हार ब्यहोरेका छन् ।

हारसँगै बार्सिलोनाले २१ खेलबाट ४३ अङ्क छ । भ्यालेन्सिया २१ खेलबाट ३४ अङ्क बटुल्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।

एक कम खेलेको रियल मड्रिड २० खेलबाट ४३ अङ्क बटुल्दै गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।