Aafno Khabar
Creative Ideas

१४ वर्षीय विद्यार्थी र २६ वर्षकी शिक्षिकाले गरे भागी बिवाह

  • २०७६ माघ ७ गते प्रकाशित

एजेन्सी । भारतमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । भारतको गुजरातमा २६ वर्षकी शिक्षिका १४ वर्षका आफनै विद्यार्थी सँग भागेको घटनाले यतिवेला भारतिय संचार जगत तताएको छ ।
आफनो छोरालाई शिक्षिकाले फकाइ आफनो जालमा पारेको र उसलाई भगाएको भन्दै विद्यार्थीका पिताले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो । ती बालक १४ वर्षको रहेको र उनले ८ कक्षामा पढने समेत जनाइएको छ ।

उनका बाबुका उनुसार शुक्रबारदेखि शिक्षिका र उनको छोरा गायब रहेका छन् । १४ वषीय बालकका बाबु छोरालाई खोज्न शिक्षिकाको घरसम्म पुगेको तर त्यहा पनि उनलाई नभेटेको जनाएका छन् ।

विद्यालयका अनुसार शिक्षिका ती बालकसँग अलि धेरै नजिक रहने गरेको र त्यस्तो नगर्न विद्यालयलेसमेत उनलाई चेतावनी दिएको थियो ।

भारतीय दण्ड संहिताको दफा ३६३ अन्तर्गत पोइल जाने कसूरमा कलोल प्रहरीसमक्ष उजुरी दर्ता गरिएको छ । उजुरीमा ती शिक्षिका कलोल शहरको दरबारी चालमा बस्ने उल्लेख छ ।

विद्यार्थीसँग शिक्षिका पोइला जानु निकै दुर्लभ घटना भएको समाचारमा उल्लेख गरिएको छ । बालक र शिक्षिका दुवैले मोवाइल फोन नबोकेका कारण उनीहरुको अवस्था बुझ्न समस्या भएको प्रहरीले जनाएको छ ।