काठमाडौं । कान्छा छोराको पास्नी गर्न भन्दै ससुराली हिँडेका काठमाडौंका एक युवाले त्रिशुली नदी पुगेर हाम्फालेका छन्।
काठमाडौं चन्द्रागिरि नगरपालिका(४ का ३५ वर्षीय विनय लामिछानेले बिहीबार साँझ त्रिशुली नदीमा श्रीमती र दुई छोरासहित हाम्फालेका हुन्।
यो घटनामा उनकी ३० वर्षीया श्रीमती जमुनाको मृत्यु भइसकेको छ। उनको बिहीबार साँझ नै शव फेला परेको थियो।
घटनाको थप विवरण
विनय लामिछाने र जमुना रेग्मीका दुई छोरा थिए । एक ६ महिनाका अर्का २२ महिनाका । विनय व्यापार व्यवसाय गर्थे । व्यापारका लागि मिटर ब्याजमा ऋण लिएका थिए । त्यो मिटर ब्याजको सुइरो बढेर १ करोडको शूल बनिसकेको थियो ।
त्यो परिवारमा पतिपत्नीबीच के सल्लाह हुन्थ्यो, अहिले खुल्न बाँकी छ । तर यो परिवारले आफ्ना छ र २२ महिनो छोरासमेतलाई लिएर परिवारै त्रिशूली नदीमा हाम्फालेर ज्यान फाल्ने निर्णय लिएका छन् ।
त्यही निर्णयअनुसार उनीहरु बिहीबार साँझ बेनिघाट रोराङ–४ स्थित बाँदरे मोडछेउको झोलुंगे पुल पुग्छन् । साँझ करिब ६ बजेतिर उनीहरु झोलुंगे पुलमा पुग्दा अबको केही बेरपछि के हुँदैछ भन्ने अलिकति पनि २२ महिने ती अवोधलाई थाहा थिएन होला । ६ महिनाका अर्का शिशुको त के कुरा भयो र ?
एउटा हाँसिखुसी रहेको परिवार आन्तरिक पीडाले थलिएर एक निर्दयी निर्णय गर्न पुग्छ । विनय र उनी पत्नी जुमनाले सपरिवार त्रिशूलीमा हाम्फाल्ने निर्णय लिइसकेका हुन्छन् । त्यो निर्णयमा दुवै जना कसरी तयार भए होलान् ? भन्न सकिन्न ।
कम्तिमा दुई छोरालाई कसैको जिम्मा लगाइदिएको भए पनि त यस्तो हुने थिएन होला । अहँ, उनीहरुले त्यसो गरेनने । उनीहरुले झोलुंगे पुलबाट एकै पटक सबैजना नदीमा हाम्फाल्छन् । परिवारै नदीमा हाम्फालेको कुरा स्थानीयवासीले थाहा पाउनेबित्तिै बाँदरमोडका युवाहरु नदीमा पस्छन् । जमुनालाई मृत अवस्थामा निकाल्छन् ।
पति विनयलाई भने उनीहरुले जीवीतै निकालेका छन् । दुई बालकहरु भेटिएनन् । भेटिने सम्भावना पनि अब त कम छ । किनभने निरन्तरको वर्षातका कारण त्रिशुलको पानी धमिलो भएको छ । सानो ज्यान भएका ती दुई बालकलाई नदीले बगाएर धेरै पर पुर्याइसकेको छ।
यो घटनामा विनय बाँचेका छन् । तर यो उनका लागि कुनै खुसीको कुरा भने होइन । किनभने उनीसँग न अब छोरा छन् न पत्नी । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कानुनअनुसार आत्महत्या गर्नुपनि अपराध हो ।
विनय यसकारण पनि अभागी भए कि उनी जीवीत भएर पनि आज मरेतुल्य बनेका छन् । किनभने उनी बाँच्दा पनि अब खुसी हुने छैनन् । किनभने उनलाई आफ्नो परिवारको मृत्युको आरोप खेप्नु पर्ने हुन्छ ।