Aafno Khabar

बिग बासमा सन्दीपकाे उत्कृष्ट प्रदर्शन, ३ ओभरमा ७ रन खर्चिएर २ विकेट

  • २०७६ माघ १ गते १२:४३ प्रकाशित

एजेन्सी । बिग बास लिग क्रिकेटमा पर्थ स्कोर्चसले नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सलाई जितका लागि ८७ रनको सामान्य लक्ष्य दिएको छ ।

पर्थमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिम १३ ओभर ५ बलमा अलआउट हुँदै ८६ रनमा समेटियो ।

मेलबर्नका बलर चम्किएको खेलमा पर्थका जोश इंगलिसले सर्वाधिक ३७ रन बनाए । यस्तै क्यामरुन बेनक्रोफ्टले १० रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

मेलबर्नका ज्याक्सन कोल्म्यानले ३ तथा सन्दीपले २ विकेट लिए ।

सन्दीपले ३ ओभरमा ७ रन खर्चिएर २ विकेट लिएका हुन् । यस सँगै सन्दीपले यस सिजन ९ खेलमा ११ विकेट हात पार्न सफल भएका छन् ।पर्थविरुद्ध मेलबर्न नवौं जितको खोजीमा रहेको छ ।

मेलबर्न ९ खेलमा ८ जितसहित १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पर्थविरुद्ध जित निकाल्दै मेलबर्न उक्त जितको लय कायम राख्न चाहन्छ ।

पर्थ ९ खेलमा ५ जितसहित १० अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको छ ।