Aafno Khabar

योगको माध्यमबाट आत्महत्या जस्ता घटना न्यूनिकरण गर्न सकिने

  • January 15, 2020 प्रकाशित

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले योग शिक्षा गौरवपूर्ण परम्परा र सम्पदा भएको बताउनुभएको छ ।

विज्ञान र प्रविधिको विकास नहुँदा योगको विकास भएको बताउँदै ज्ञवालीले यो गौरवपूर्ण परम्परा र सम्पदा भएको बताउनुभएको हो । राष्ट्रिय योग दिवसका अवशरमा राजधानीमा भएको एक कार्यक्रममा मन्त्री ज्ञवालीले अग्रजहरुले योगका माध्यमबाट स्वस्थ जीवन बाँच्ने र धेरै महत्वपूर्ण सम्पदा तथा ज्ञानहरु हस्तान्तरण गरेर गएको बताउनुभयो ।

‘आधुनिक विज्ञान, प्रविधि नभएको बेला, आधुनिक मेडिकल विज्ञानको विकास भएको थिएन् । जतिबेला डाइन्गोष्टिक र ट्रिटमेण्डका लागि अहिलेजस्तो सहज सुलभ प्रविधिहरु थिएनन् । हाम्रा अग्रजहरुले योगका माध्यमबाट स्वस्थ जीवन बाँच्ने र अरु धेरै महत्वपूर्ण सम्पदा र ज्ञानहरु हस्तान्तरण गरेर गए’, उहाँले भन्नुभयो, ‘विभिन्न किसिमका तनावलाई ध्यानले कम गर्न सक्छ । प्रभावकारी छ । यो गौरवपूर्ण धरोहरुलाई विद्यालय शिक्षसँगै जोडेर जीवनको अभिन्न अंग बनाउनुपर्छ ।’

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले योगको माध्यमबाट मान्छेमा सकारात्मक भावनाको विकास हुने बताउनुभयो । विश्वमा एकदिनमा दुर्घटनाबाट ८ जना र १६ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्यकले देखाएको बताउँदै उहाँले योग शिक्षाको माध्यमबाट यसलाई रोक्न सकिने उहाँले बताउनुभयो । ‘मान्छेमा योगको माध्यमबाट सकारात्मक भावनाको विकास गर्न सकियो भने आत्महत्या जस्ता घटनाहरु न्यूनिकरण गर्न सकिन्छ’, ढकालले भन्नुभयो ।