एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२३ को टी–२० विश्वकपमा सहभागी देशको संख्या २० पुर्याउने तयारी गरेको छ ।
आइसीसीले सार्वजनिक गरेको रिपोर्ट अनुसार ४ राष्ट्रलाई थप गर्दै १६ सहभागी राष्ट्रबाट २० पुर्याउने तयारी गरेको हो ।
यसले एसोसियट देशलाई फाइदा हुने देखिएको छ । अमेरिका, क्यानाडा, जर्मनी, नाइजेरिया जस्ता देशमा क्रिकेटको क्रेज बढाउन आईसीसीले विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको र यसलाइ थप बढाउने भएको छ ।
२० राष्ट्रलाई विश्वकपमा समावेश गर्ने भएपछि उसले यसका लागि २ वटा विकल्प पनि बनाएको छ । जसमा विश्व कप छनोट खेलेर आउने टिमले लिग चरणमा ठूला ठूला राष्ट्रसँग खेल्ने र दोस्रो, आईसीसीले ४ समूह बनाएर ५ राष्ट्रलाई बिभाजन गर्ने तथा हरेक समूहबाट शीर्ष स्थानमा रहने राष्ट्रले नकआउट चरणमा स्थान बनाउने रहेको छ ।
यदि यो योजना पारित भएमा नेपालजस्ता एसोसियट र क्रिकेटको क्रेज भएका देशका लागि बढी फाइदा हुनेछ ।