Aafno Khabar

सन् २०२३ को टी–२० विश्वकपमा २० देशको सहभागिता हुने

  • January 13, 2020 प्रकाशित

एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२३ को टी–२० विश्वकपमा सहभागी देशको संख्या २० पुर्‍याउने तयारी गरेको छ ।

आइसीसीले सार्वजनिक गरेको रिपोर्ट अनुसार ४ राष्ट्रलाई थप गर्दै १६ सहभागी राष्ट्रबाट २० पुर्‍याउने तयारी गरेको हो ।

यसले एसोसियट देशलाई फाइदा हुने देखिएको छ । अमेरिका, क्यानाडा, जर्मनी, नाइजेरिया जस्ता देशमा क्रिकेटको क्रेज बढाउन आईसीसीले विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको र यसलाइ थप बढाउने भएको छ ।

२० राष्ट्रलाई विश्वकपमा समावेश गर्ने भएपछि उसले यसका लागि २ वटा विकल्प पनि बनाएको छ । जसमा विश्व कप छनोट खेलेर आउने टिमले लिग चरणमा ठूला ठूला राष्ट्रसँग खेल्ने र दोस्रो, आईसीसीले ४ समूह बनाएर ५ राष्ट्रलाई बिभाजन गर्ने तथा हरेक समूहबाट शीर्ष स्थानमा रहने राष्ट्रले नकआउट चरणमा स्थान बनाउने रहेको छ ।

यदि यो योजना पारित भएमा नेपालजस्ता एसोसियट र क्रिकेटको क्रेज भएका देशका लागि बढी फाइदा हुनेछ ।

सम्बन्धित शीर्षकहरु