काठमाडाैं । बुधबार काठमाण्डाै उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
पश्चिमी वायुको प्रभावले बुधबार र बिहीबार देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसम पुर्वानुमान महाशाखाले निकालेकाे विज्ञप्तिमा जनाइएकाे छ ।
अहिले काठमाण्डाै उपत्यकासहित मध्य र पूर्वमा धुम्म परिरहेकाे माैसम रहिरहने र मेघगर्जनसहित पानी पर्ने छ ।
यस्तै उच्च हिमाली तथा पहाडी भेगमा हिमपात पनि हुनेछ । बुधबार र बिहीबार देशभरिकै मौसम बदली भए पनि शुक्रबारदेखि भने मौसम बिस्तारै खुल्ने मौसम पूर्वानुमानकाे अनुमान छ ।