Aafno Khabar

ए डिभिजन लिगमा चौथो चरण सकियो, यस्ताे रह्याे चाैथाे चरणसम्मकाे यात्रा

  • January 3, 2020 प्रकाशित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा भइरहेको ए डिभिजन लिगको चाैथाे चरणका खेलहरू पनि सकिएका छन् ।

ए डिभिजनमा सहभागी १४ क्लबले ४-४ खेल खेलिसकेका छन् । लिगमा हुने कूल ९१ मध्ये २८ खेल सकिएको छ ।

चाैथाे चरणका खेल सकिदासम्म मनाङ मर्स्याङदी क्लव शीर्ष स्थानमा रहेकाे छ । मनाङकाे पछि पछि आर्मी क्लव र थ्रीस्टार क्लवले पछ्याइरहेका छन् । चाैथाे चरणसम्म अपराजित रहेकाे थ्रीस्टारलाइ भने चाैथाे खेलमा आर्मीले हारकाे स्वाद चखाएकाे छ ।

अघिल्ला संस्करणमा निकै प्रभाव राख्ने विभागिय क्लवहरू यसपालिकाे लिगमा प्रभाव देखिन सकेकाे छैन् । जसका कारण जीत निकाल्न उनीहरूले निकै संघर्ष गर्नुपरेकाे छ ।

चौथो चरणसम्मका खेल सकिदा मनाङ अपराजित रहँदै १० अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

मछिन्द्र क्लव ३ खेलकम जीत र १ मा हार बेहोर्दै ९ अंक बनाएको छ । तर गत संस्करणमा रेलिगेशनमा परेको मछिन्द्रले २ अंक तीनुपर्ने भएकाले उसको ७ अंक मात्र हुनेछ ।

अंक तालिकाको दोस्रो स्थानमा भने आर्मी रहेको छ । उसले ४ मध्य ३ खेल जीतेको छ र उसले ९ अंक जोडेको छ । जावलाखेल युथ क्लव तालिकाको तेस्रो स्थानमा रहँदा उसले २ खेलमा जीत र २ खेलमा बराबरी खेल्दै ८ अंक जोडेको छ ।

२ जीत १ हार र एक खेल बराबरी खेलेको पुलिस ७ अंकका साथ तालिकाको चौथो स्थानमा रहेको छ । समान अंक भएको थ्रीस्टार क्लव गोलान्तरको आधारमा तालिकाको छैटौ स्थानमा रहेको छ ।

६ अंक जोडेको ब्रिगेड ब्वाइज तालिकाको सातौ स्थानमा रहँदा न्यूरोड टिमले ४ अंक जोडेको छ र उसले २ अंक गत सिजनको भार तिर्नेछ । च्यासल क्लवको पनि ४ अंक रहेको, एपीएफ क्लवले पनि ४ अंक आफ्नो खातामा जोडेको छ ।

संकटा क्लव पनि ४ अंक जोडदै तालिकाको पुछारबाट तेस्रो स्थानमा रहेको छ । हिमालयन शेर्पाको २ अंक र फ्रेन्ड्स क्लवको १ अंक रहँदै तालिकाको पुछारमा रहेको छ ।