Aafno Khabar
add khanepani

भारतले फेरी भन्यो कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको होइन

  • January 2, 2020 प्रकाशित

काठमाडौं । भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत भूभाग आफ्नै भएको दोहोर्याएको छ । आज नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले भारतले नोभेम्बरमा जारी गरेको नक्सामा समेटिएको सबै भूभाग सार्वभौम भारतकै भएको जिकिर गरेका हुन् ।

जम्मु–कश्मीर र लद्दाखलाई अलग गरेपछि नोभेम्बरमा जारी गरिएको नक्सामा भारतले नेपालको ३७ हजार हेक्टर भन्दा धेरै भूमि आफ्नो पारेपछि विरोध चर्किएको थियो । ती क्षेत्रमा नापनक्सामा समेत बाधा पुर्याएको र वार्ताका लागि पठाएको पत्रको जवाफसमेत नपठाएको गुनासो मन्त्रीहरूले संसदीय समितिको गरेको भोलिपल्ट भारतको यस्तो प्रतिक्रिया आएको हो ।

प्रवक्ता कुमारलाई बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको टेलिफोन वार्ताबारे पनि पत्रकारले प्रश्न सोधेका थिए ।

तर उनले दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन संवाद परम्परागत द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन विषयमा भएको प्रतिक्रिया दिए ।