Aafno Khabar
add khanepani

सूचना प्रविधि विधेयकका बारेमा हल्ला बढी : मन्त्री बास्काेटा

  • January 2, 2020 प्रकाशित

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले सूचना प्रविधि विधेयकका विषयका नकारात्मक हल्ला चलाइएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

बिहीबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले कानुनमा भएका राम्रा पक्ष लुकाएर भ्रम र नकारात्मक कुरा बढी फैलाइएको बताउनुभएको हो । बास्कोटाले कसैलाई जिस्काएमा, होच्याएमा, मान मर्दन गरेमा दण्ड जरिवना नहुने तर पटक पटक यस्तो कार्य गरेमा सजाय हुने स्पष्ट पार्नुभयो ।

उहाँले कुनै पनि व्यक्तिले सार्वभौम सत्ताका विरुद्ध, नागरिकबीच जातिय, धार्मीक, क्षेत्रिय साम्प्रदायिकतामा खलल पुर्याउने कार्य गरेमा उनीहरुका लागि कानुन आकर्षित हुने बताउनुभयो ।

बास्कोटाले समितिमा भएको छलफलमा प्रतिपक्षी दलका ८ सुझाव सहित ३६ वटा संशोधन गरिएको भन्दै विधेयकको धारा ४९ को १ (ग) हेर्न अनुरोध समेत गर्नुभयो ।

उहाँले सामाजिक सञ्जाल प्रयोगकर्ताले दर्ता गर्नुपर्ने नभइ सञ्चालन गर्ने कम्पनी दर्ता हुने प्रावधान राखिएको बताउनुभयो ।।