काठमाडाैं । देशका विभिन्न ठाउँमा बिहीबार पनि पानी र हिउँ पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको प्रभावले बिहीबार मध्य र पश्चिमका केही ठाउँमा पानी र उच्च भेगमा हिउँ पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले सुदूरपश्चिमको डेडेलधुरा, डोटी, बैतडी आसपासका क्षेत्रमा पानी र उच्च पहाडी तथा हिमाली भेगमा हिउँ परिरहेको छ । बिहीबार पश्चिमको मौसम पूर्णरुपमा खुल्ने सम्भावना नभए पनि मध्य र पूर्वी भेगमा मौसम एकैछिन खुले पनि फेरि बादल लाग्ने छ ।
शुक्रबार देशभरि कै मौसम बदली हुने तथा विभिन्न ठाउँमा पानी र हिउँ पर्ने देखिएको छ । तर लगातार झरीको सम्भावना भने रहेकाेा छैन ।