काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति देउवाले केन्द्रीय समितिमा बहुमतको बलमा विधान मिचेको आरोप लगाउनुभएको छ ।
पार्टी महामन्त्री शंशाक कोइराला निवासमा शनिबार गरिएको पत्रकार सम्मेलनमा नेता पौडेलले १४ औं महाधिवेशन कार्यतालिका र विभाग गठन निर्णय गर्दा सभापतिले विधान मिचेको दाबी गर्नुभएको हो उहाँले पद सिर्जना गरेर बाँड्ने प्रपञ्चमा विभाग बढाइएको दाबी गर्नुभयो ।
यस्ता निर्णयले पार्टीलाई धरापमा पारिएको समेत पौडेलले बताउनुभयो । उहाँले विधानको घेराभित्र रहेर सहमतिअनुसार पार्टी सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो । पौडेलले भ्रातृ संस्था नेविसंघ, दलित संघ लगायतको अधिवेशन नगराएर संकटमा पु¥याउने काम सभापति देउवाले गरेको आरोप लगाउनुभयो ।
यस्तै महामन्त्री कोइरालाले पनि पार्टी थप धरापमा पारिएको प्रतिक्रिया दिनुभयो । पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि सहमतिमै पार्टी सञ्चालन हुनुपर्ने बताउनुभयो ।।