Aafno Khabar

ए डिभिजनमा मनाङको लगातार तेस्रो जीत, जावालखेल बरावरीमा

  • २०७६ पुष १० गते १४:४३ प्रकाशित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्याङ्दी क्लवले ब्रिगेड ब्वाईज क्लवलाई हराउँदा संकटा क्लबले जावलाखेल युथ क्लबसँग बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा संकटाले जावलाखेलसँग १/ १ गोलको बराबरी खेलेको हो । खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा संकटाले बराबरी खेल्न बाध्य भयो ।

खेलको ३७ औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । तर, खेलको ७२ औं मिनेटमा ड्याडी जुनियरले गोल गर्दै जावलाखेललाई खेलमा फर्काए । बराबरीसँगै संकटाले ३ खेलमा ४ अंक जोडेको छ । संकटा लिगको सातौं स्थानमा रहेको छ ।

यसअघी आजै भएको पहिलो खेलमा मनाङ मस्याङ्दीले ब्रिगेड ब्वाईज क्लबलाई १–० गोल अन्तरले पराजित गरेको थियो । आजको जीतसँगै मनाङ शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङलाई जित दिलाउन जगजित श्रेष्ठले निर्णायक गोल गरे । जितसँगै मनाङले ३ खेलमा ९ अंक जोडेको छ ।