Aafno Khabar

राष्फोर्डमा विश्वको उत्कृष्ट खेलाडी बन्ने क्षमता छ

  • December 25, 2019 प्रकाशित

एजेन्सी । म्यानचेष्टर युनाईटेडका मिडफिल्डर निमान्जा माटिचले स्ट्राइकर मार्कस राष्फोर्ड विश्वको उत्कृष्ट खेलाडी बन्ने बताएका छन् ।

राष्फोर्डसँग धेरै क्षमता रहेको र उनमा एक उत्कृष्ट खेलाडीमा हुनुपर्ने परिपक्कताको अवसरहरु भएकाले एक दिन उत्कृष्ट खेलाडी हुने माटिचले दाबी गरे । तर, उत्कृष्ट खेलाडी बन्नका लागि उनलाई समय लाग्ने माटिचले बताए ।

‘राष्फोर्डसँग धेरै क्षमता छ । उनी मैदान बाहिर पनि उत्तिकै राम्रो व्यक्ति हुन् तर मलाई लाग्छ उसले अहिलेसम्म उसका क्षमताहरु प्रयोग गरेको छैन,’ उनले भने, ‘उसलाई परिपक्वताको समय चाहिएको छ । उ प्रत्येक वर्ष, प्रत्येक महिना राम्रो हुँदै गइरहेको छ । निश्चित रुपमा राष्फोर्ड विश्वको एक उत्कृष्ट स्ट्राइकर बन्न सक्छन्।’

२२ वर्षे राष्फोर्डले यस सिजन सबै प्रतियोगितामा १४ गोल गरिसकेका छन् । राष्फोर्डसँग उच्च प्रदर्शन गर्ने क्षमता रहेको तर त्यसका लागि केहि वर्ष कुर्नु पर्ने माटिचले बताए ।

‘मेरो विचारमा दुई तीन वर्ष भित्रमा उसले आफ्नो क्षमता हासिल गर्न सक्छ । तर, उ अझै युवा छ । हामी उसँग ४० खेलमा एउटै खालको प्रर्दशनको अपेक्षा गर्न सक्दैनौ किनकि उ अझै युवा छ, अझै सिक्दैछ, अझै उसको शरिरिक साथै मानसिक रुपमा तयार हुँदैछ,’ माटिचले भने ।

सम्बन्धित शीर्षकहरु