एजेन्सी । युभेन्ट्सले प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडका मिडफिल्डर पाउल पोग्बालाई सिरि एमा फर्काउने तयारी गरेको छ ।
ईटालियन च्याम्पियन युभेन्ट्सले पोग्बालाई टुरिन क्लब ल्याउन युनाईटेडसंग छलफल अघि बढाउने तयारी गरेको हो ।
युभेन्ट्सले पोग्बाकालागि ५२ मिलियन युरो सहित ईम्री कानलाई युनाईटेड पठाउन सकिने प्रस्ताव तयार परेको छ ।
ईटालियन एक पत्रिकाका अनुसार पोग्बा ओल्डट्राफोर्डमा निकै निशास छन् । उनी सिरि ए क्लब फर्कने विषयमा सकारात्मक छन् ।
सोही कारण युभेन्ट्स आगामी जनवरी विन्डोलाई पोग्बालाई क्लबमा फर्काउन चाहेको छ ।
पोग्बा चोट मुक्त हुँदै गत आईतबार युनाईटेडको खेलमा फर्किएका थिए ।
तर युनाईटेड पुछारको टिम वाटफोर्डसंग २–० ले पराजित बनेको थियो ।
उनी चोटका कारण करिब तीन महिना मैदान बाहिर रहेका थिए ।
फ्रान्सका मिडफिल्डरको युनाईटेडसंगको सम्झौता १८ महिनामा सकिदैछ । सोही कारण नयाँ सम्झौता वा पोग्बा बेच्नुपर्ने दबाब युनाईटेडमाथि छ ।
पोग्बा युनाईटेडमा सन् २०१६ को अगस्टमा फर्किएका थिए । उनी विश्व कीर्तिमानी मुल्यमा प्रिमियर लिग फर्किएका थिए ।
उनले ईटालीमा रहँदा सिरि जित्नुका साथै दुई पटक कोपा ईटालियाको उपाधि उचालेका थिए ।
तर युनाईटेडमा रहदाँ पोग्बाले मात्र युरोपा लिग र लिग कपको उपाधि उचालेका छन् ।
युनाईटेडका प्रशिक्षक आले गुनर सोल्सायरले गत सातामात्र पोग्बाले जनवरी विन्डोमा क्लब नछाड्ने बताएका थिए ।