Aafno Khabar
add khanepani

इसाईहरूको पर्व क्रिसमस सुरु, गिर्जाघरमा हुने यौन दुराचारका घटना बाहिर ल्याउन फुकुवा

  • December 25, 2019 प्रकाशित

एजेन्सी । क्याथोलिक इसाईहरूको पर्व क्रिसमस सुरु भएको छ । इसाईहरुका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसले एक सन्देश दिँदै क्रिसमस पर्वको समारोह सुरू गरेका हुन् ।

उनले ईश्वरले हामीमध्येका नराम्रासहित सबैलाई माया गर्ने भन्दै क्रिसमस पर्वको सुरुवात गरेका हुन् । भ्याटिकन सिटीस्थित सेन्ट पिटर्स बासिलिकामा क्रिसमसको पूर्वसन्ध्यामा आयोजित समारोहमा भेला भएका सर्वसाधारणलाई पोप फ्रान्सिसले सम्बोधन गरेको बीबीसीले जनाएका छ ।

उनले कसैले गलत काम गरेपनि ईश्वरले माया गरिराख्ने भन्दै सत्कर्ममा लाग्न आग्रहसमेत गरे । पोपको उक्त सन्देशसलाई चर्च तथा गिर्जाघरहरुमा हुने यौन दुराचारका घटनाहरुसँग जोडेर हेर्न सक्ने विश्लेषकहरुले जनाएका छन् ।

गत हप्ता पोपले पादरीहरूको गोपनीयतासम्बन्धी एउटा नियममा महत्वपूर्ण परिवर्तन ल्याएका थिए । पादरीहरूबाट हुने बाल यौन दुराचारका घटनालाई बाहिर आउनबाट रोक्ने नियम यसअघि नै खारेज भइसकेको छ ।

पीडितको गोपनीयता र आरोपितको प्रतिष्ठाको विषय अघि सार्दै त्यस्ता घटनाहरूलाई गिर्जाघरले विगतमा लुकाउँदै आएपछि त्यसको सर्वत्र आलोचना हुने गरेको थियो ।

तर पोपका नयाँ दस्तावेजहरूले यौन दुव्र्यवहारका घटना बाहिर ल्याउने अथवा पीडित व्यक्तिलाई त्यस्ता कुरा बताउनमा लगाइएका प्रतिबन्ध फुकुवा गरिदियो ।

पादरीहरूबाट भएका हजारौं यौन दुराचारका घटना र त्यसलाई ढाकछोप गर्ने वरिष्ठ धर्मगुरुहरूको प्रयासका कारण पछिल्लो समय विश्वभरी गिर्जाघर विवादमा पर्दै आएका छन् ।

सम्बन्धित शीर्षकहरु