Aafno Khabar

जनकपुरमा भेटिएको शंकास्पद वस्तु बम नभएको सेनाको पुष्टि

  • December 23, 2019 प्रकाशित

जनकपुरधाममा विभिन्न चार स्थानमा शंकास्पद वस्तु फेला परेको दुई हप्ता वित्न नपाउँदै नक्कली बम फेला परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित नेपाल पत्रकार महासंघ धनुषाको कार्यालय, नेपाल राष्ट्र बैंक र संघीय प्रहरी इकाई कार्यालय नजिकै रहेको शुक्रबारे बजार अगाडि फेला परेको शंकास्पद वस्तु नक्कली रहेको सेनाले पुष्टी गरेको छ ।

गएराति करीब १२ बजेदेखि नै देखा परेको सो नक्कली बमलाई धनुषाको महेन्द्रनगरस्थित नेपाली सेनाको टोलीले बिहान साढे ९ बजे डिस्पोज गरेको छ ।

स्थानीयलाई तर्साउने उद्देश्यले बम जस्तै तार झुण्डिएको पुत्लाको डेन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

नेपाली सेनाको टोलीले डिस्पोज गर्दा त्यसमा केही हाडका टुक्रा र त्यसमा तारहरु झुण्डिएको फेला परेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

स्थानीय र प्रहरीलाई झुक्याउन कुनै समूहले यस्तो कार्य गरेको हुन सक्ने बताउंदै उनले घटना बारे अनुसन्धान भइरहेको बताए ।

बीच बाटोमै सो शंकास्पद बस्तु रहेको कारण रातिदेखि नै घटनास्थालमा व्यापक रुपमा प्रहरी परिचालन गरी घेरा दिएर आउने जाने सर्वसाधारणलाई रोक लगाइएको थियो ।

सम्बन्धित शीर्षकहरु