Aafno Khabar
add khanepani

जंगली जनावरले बाली नष्ट गर्न थालेपछि कृषक तनावमा

  • December 23, 2019 प्रकाशित

सर्लाही । सर्लाहीका किसानलाई जङ्गली जनावरले दुःख दिन थालेको छ ।

निलगाई, बँदेल, बाँदरलगायतका जङ्गली जनावरले बालीनाली खाएर सखाप पार्न थालेपछि जिल्लाका किसान निराश भएका छन् ।

पछिल्लो समय बढ्दो वन विनाशका कारण जङ्गली जनावर किसानको खेतबारीमा पसेर कृषि उपज नष्ट पार्न थालेको हो ।

लालबन्दी नगरपालिका–२, पुर्नवासका किसान शक्तिसिंह पासवानले हरेक बालीमा जङ्गली जनावरले क्षति गरिरहेको जानकारी दिए ।

जङ्गल क्षेत्र धेरै रहेको जिल्लाको ईश्वरपुर, लालबन्दी र हरिपुर नगरपालिका क्षेत्रमा जङ्गली जनावरको आतङ्क देखिएको छ ।

उखु खेती धेरै हुने जिल्लाको दक्षिणी भेगका किसानलाई पनि जङ्गली जनावरले दुःख दिइरहेको छ ।

कृषि ज्ञान केन्द्र मलङ्गवाका प्रमुख देवानन्द रायले जङ्गली जनावरका कारण कृषि उत्पादनमा असर गरिरहेको बताए ।

जङ्गली जनावरले बालीनाली नष्ट गरेमा सरकारले केही राहत दिने व्यवस्था भएपनि यसबारे किसान अनभिज्ञ छन् ।

जङ्गली जनावरको आतङ्क रोक्न र राहत उपलब्ध गराउन कुनै पनि निकायले सहयोग नगरेको किसानको गुनासो छ ।