Aafno Khabar
संघ

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माथि अनुसन्धान गर्ने बाटो खुला

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा व्यक्तिका नाममा पु¥याउने गरी भएका निर्णयमा संलग्न मन्त्रिपरिषदका पदाधिकारीसमेतलाई अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासले आज ललिता निवासको जग्गा...

मिटरब्याजी पीडितका समस्या समाधानका लागि संशोधन विधेयक ल्याउँदै सरकार

काठमाडौं । सरकारले मिटरब्याजी पीडितसँग गरिएको सम्झौताबमोजिम मुलुकी फौजदारी संहिता संशोधन विधेयक छिट्टै संसद्मा लैजाने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजलाई फौजदारी कानुनको परिभाषामा समेट्ने गरी मुलुकी फौजदारी संहिता संशोधन मस्यौदा विधेयक मन्त्रिपरिद्ले स्वीकृत...

संघीय ऐनहरुको प्राथमिकता तोकेर काम हुन्छः मन्त्री खड्का

काठमाडौं । उपप्रधान, रक्षा एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले संघीय ऐनहरुको प्राथमिकता तोकेर छिटोभन्दा छिटो ल्याउने बताउनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा मन्त्रीको कार्यभार सम्हाल्दै उहाँले ऐनहरु प्राथमिकता तोकेर अगाडी बढाउने बताउनुभयो । कतिपय संघीय ऐनहरु संसदमा पुगेर...

उपराष्ट्रपतिको अन्तिम नामावली प्रकाशन आज

काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशन हुने भएको छ । आज साँझ ५ बजेभित्र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपराष्ट्रपति पदका लागि सत्ता साझेदार दलबाट ३ र नेकपा एमालेबाट...

गगन र विश्वप्रकाशको असहमत भए पनि कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । आज संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमा...

सरकारले गर्यो सात सचिवको सरुवा,कसको कहाँ

काठमाडौं । सरकारले ७ जना सचिवहरुको सरुवा गरेको छ । आजको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवहरु सरुवा गरेको हो । अर्थसचिव कृष्णहरि पुष्कर कर्णलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा...

काठमाडौंमा नागरिकता बनाउन एक घण्टा मात्रै

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सेवा प्रवाहका लागि टाइम कार्ड लागू गरेको छ । आजदेखि लागू हुने गरी १० किसिमका सेवामा टाइम कार्ड लागू गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । कार्यालयका अनुसार प्रशासनबाट हुने सेवा प्रवाहलाई व्यवस्थित...

गृहले भन्यो ‘अवैधानिक क्रसर उद्योग बन्द गराउनु’

काठमाडौं । गृह मन्त्रालयले अवैधानिक क्रसर उद्योग बन्द गराउन बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरेको छ । कानुन विपरित, दर्ता नगरी तथा नवीकरण नभएका, संचालन अनुमति नलिई सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन्, प्रशोधन कार्यमा संलग्न...

खुमलटारमा प्रचण्ड-सिटौला भेट

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले भेटेका छन्। सत्ता गठबन्धन नयाँ सरकारका लागि बहुमत जुटाउने कसरतमा रहेका बेला बिहीबार बिहान खुमलटारमा सिटौला र प्रचण्डबीच वार्ता भएको हो। प्रधानमन्त्रीका रुपमा निरन्तरता चाहेका कांग्रेस...

सर्वाधिक मतान्तरसहित चुनाव जित्नेमा रवि पहिलो

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा यही निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वाधिक ३४ हजार ३१२ मतान्तरले चुनाव जितेका छन् । पूर्वसञ्चारकर्मी लामिछानेले चितवन क्षेत्र नं. २ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य...