Aafno Khabar

नेपाल विद्युत प्राधिकरणको नेतृत्व परिवर्तनले सडक ततायो

  • आफ्नो खबर
  • March 25, 2025 प्रकाशित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि सडकदेखि सामाजिक सञ्जालसम्म विरोध भइरहेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेसँगै उनका समर्थकहरू सडक आन्दोलनमा उत्रिएका छन्। मंगलबार नेकपा एकीकृत समाजवादीका युवाहरूले काठमाडौंमा पुतला दहनसहित प्रदर्शन गरेका छन्।

यसैबीच, स्वतन्त्र युवाहरूको समूहले पनि मंगलबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। नयाँबानेश्वर क्षेत्रमा प्रहरी र घिसिङ समर्थक स्वतन्त्र युवाहरूबीच धकेलाधकेल भएको छ।