Aafno Khabar

विश्वकप खेल्ने नेपाली टोलीको घोषणा, कमल र सागरले बनाए अन्तिम १५ मा स्थान

  • आफ्नो खबर
  • २०८१ बैशाख १९ गते १९:०३ प्रकाशित

काठमाडौं – आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेको टोलीमा स्पिनर सागर ढकाल र तिब्र गतिका बलर कमल सिंह ऐरीले स्थान बनाएका छन् । विश्वकप टिममा अनिलकुमार शाहले मौका पाउँदा अन्य नेपालको नियमित सदस्य परेका छन् ।

नेपालको टोलीमा आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, ललित राजवंशी, सागर ढकाल र कमलसिंह ऐरी र अनिलकुमार शाह रहेका छन् ।

टी–२० विश्वकपकमा नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । नेपालले पहिलो खेल ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालले १२ जुनमा श्रीलंकासँग खेल्नेछ ।

१५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा नेपालले बंगलादेशसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके नेपालले सुपर ८ मा स्थान बनाउनेछ ।