Aafno Khabar

नेपालस्थित भारतीय दूतावासले मनायो ७७ औं स्वतन्त्रता दिवस

  • आफ्नो खबर
  • २०८० साउन ३० गते १८:२६ प्रकाशित

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले आफ्नो ७७ औं स्वतन्त्रता दिवस मनाएको छ । आज काठमाडौंस्थित भारतीय दूतावासमा विभिन्न कार्यक्रमको आयोजना गरेर स्वतन्त्रता दिवस मनाइएको हो ।

सो अवसरमा भारत सरकारको तर्फबाट दूतावासले भारतीय झण्डा फहराएर कार्यक्रम शुरु गरेको थियो । कार्यक्रममा भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त भएका नेपालीका परिवारलाई समेत सम्मान गरिएको थियो । उनीहरुलाई भारत सरकारको तर्फबाट भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गरेकाहरुको सम्मानमा गीत, संगीत र नाच प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले २०४७ मा भारत स्वतन्त्र भएको सय वर्ष पूरा हुने सो समयसम्म भारत अमृतकालको रुपमा मनाउने र मुलुकलाई आत्मनिर्भर बनाउनेमा जोड दिने बताउनु भयो । उहाँले स्वतन्त्रता दिवसको अवसरमा भारत र नेपालबीचको सम्बन्ध अझै प्रगाढ बनाउँदै जाने संकल्प लिएको बताउनु भयो ।

स्वतन्त्रता दिवसको अवसरमा भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त भएका नेपालीहरुको सम्मानका लागि भारतीय राजदूतावासमा नाचगान, वाद्यवादनसहित कलाकार प्रस्तुती दिएका थिए ।