काठमाडौं । अमेरिका र साउदी अरबको मध्यस्थतामा गत सोमबार मध्यरातदेखि सुडानमा लागू भएको ७२ घण्टे युद्धविरामका बीच राजधानी खार्तुममा हवाई हमला भएको छ ।
सैनिक जनरल अब्देल फताह अल बुरहान नेतृत्वको सुडानी सेनाले उनका पूर्वसहयोगी मोहम्मद हमदान डग्लोले नेतृत्व गरेको अर्धसैनिक ¥यापिड सपोर्ट सपोर्ट फोर्स (आरएसएफ) लाई निशान बनाएर हवाई हमला गरेको हो । डाफरमा पनि घातक हमला भएको बताइएको छ ।
व्यापार र विकासका लागि गठित आठ वटा अफ्रिकी देशको अन्तरसरकारी परिषद् आइजिएडीले जारी युद्धविरामलाई थप ७२ घण्टाका निम्ति लम्ब्याउन दक्षिण सुडानको राजधानी जुबामा वार्ताको प्रयत्न गरिरहेका बेला खार्तुममा पुनःयुद्ध चर्केको हो । हवाई हमलाका अतिरिक्त जमिनमा दुवै पक्षबीच गोली हानाहान भइरहेको छ ।
यसैबीच, सुडानमा जारी संघर्षका बीच ७२ घण्टे युद्धबिराम लागु भएपछी चीनले आफ्ना नागरिकलाई स्वदेश फर्काउनका लागि नौ सेना परिचालन गरेको छ । सुडानमा ८ सय नागरिकको उद्धार गर्न ९ सेना परिचालन गरेको चिनिया रक्षा मन्त्रालयले जनाएको छ ।
चिनियाँ कम्पनीले सुडानमा लगानी गरेकाले त्यहाँ हजारौंको संख्यामा चिनियाँ नागरिक विभिन्न ब्यबसाय सञ्चालन गरी बसेकोमा उनीहरुको उद्धार गर्न लागेको हो ।