Aafno Khabar

संघीय ऐनहरुको प्राथमिकता तोकेर काम हुन्छः मन्त्री खड्का

  • आफ्नो खबर
  • २०८० बैशाख ६ गते २०:२७ प्रकाशित

काठमाडौं । उपप्रधान, रक्षा एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले संघीय ऐनहरुको प्राथमिकता तोकेर छिटोभन्दा छिटो ल्याउने बताउनुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा मन्त्रीको कार्यभार सम्हाल्दै उहाँले ऐनहरु प्राथमिकता तोकेर अगाडी बढाउने बताउनुभयो । कतिपय संघीय ऐनहरु संसदमा पुगेर रोकिएका र कतिपय निर्माणकै क्रममा रहेको उल्लेख गर्दै उहाँले ति सबै ऐनहरुको प्राथमिकता तोकेर काम अगाडी बढाइने बताउनुभयो ।

कानूनलाई पारित गर्ने सन्दर्भमा मन्त्रालयले खेल्नुपर्ने भुमिकालाई व्यवस्थित ढंगले गर्ने भन्दै मन्त्री खड्काले ऐनहरु निर्माण गरेर जनताका अधिकारको कार्यान्वयन गराउनेतर्फ सरकारको ध्यान रहेको उल्लेख गर्नुभयो ।

उहाँले प्रधानन्यायाधीश नियुक्तिको सम्बन्धमा थप आनौपचारिक छलफलको आवश्यकता परेकाले आज बसेको संवैधानिक परिषद्को बैठकले नियुक्ति प्रक्रिया अगाडी बढाउन नसकेको बताउनु भयो ।

 

सम्बन्धित शीर्षकहरु