Aafno Khabar
add khanepani

८ मन्त्रालयमा कांग्रेसको दाबी

  • आफ्नो खबर
  • March 25, 2023 प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा ८ मन्त्रालयमा दाबी गर्ने जनाएको छ । शनिबार नेपाली कांग्रेसको पदाधिकारी बैठकमा ८ मन्त्रालयमा दाबी गर्ने विषयमा छलफल भएको हो ।

८ मन्त्रालयको दाबी रहे पनि गठबन्धनभित्र ७ मात्रै दिन सकिने कुरा आएको बिफ्रिङ गरेको कांग्रेस एक पदाधिकारीले बताए । प्रधानमन्त्री दाहालले सरकारमा १० राजनीतिक दललाई संलग्न गराउन खोजेका छन् ।

गठबन्धनमा ८७ सिटसहित कांग्रेस सबैभन्दा ठूलो दल रहेको छ । बैठकमा कांग्रेसको प्रतिनिधिसभाका प्रमुख सचेत रमेश लेखकले संसदीय गतिविधिको बारेमा जानकारी गराएका थिए ।

शनिबारको बैठकमा वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा पनि छलफल भएको थियो । उम्मेदवारको विषयमा छलफल गर्न कांग्रेसले सोमबार संसदीय बोर्ड र कार्यसम्पादन समितिको संयुक्त बैठक बोलाउने तयारी भएको छ । वैशाख १० मा प्रतिनिधसभाका बारा–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ ।