काठमाडौं । सत्तारुढ दलहरुले मन्त्रालयको भागवण्डा टुंगाएका छन । पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मन्त्रीपरिषद विस्तार गर्ने गरी दलहरु बिच मन्त्रालयको भागबण्डा टुंकिएको हो ।
एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीबिच मन्त्रालय कति लिने भन्ने सहमति भएको हो । सहमति अनुसार एमालेले ९ वटा मन्त्रालय पाउने भएको छ ।
माओवादी केन्द्रले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय समेत गरेर ५ वटा मन्त्रालय पाउने छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन मन्त्रालय र एक राज्यमन्त्री पाउनेछ ।
सरकारलाई समर्थन गरेका राप्रपा रजसपालाई पनि सरकारमा सहभागी गराउने गरी छलफल अगाडी बढिरहेको सत्तारुढ गठबन्धनका एक नेताले जानकारी दिए ।