Aafno Khabar

बालुवाटारबाट बालकाेट फर्किए ओली

  • आफ्नो खबर
  • २०७८ असार ३० गते १४:२२ प्रकाशित

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालकोटस्थित आफ्नो निवास फर्किएका छन् । सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्री पद गुमाएका ओली बालुवाटार छाडेर निवास फर्किएका हुन् ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापनाकाे निर्णय गरी प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएको थियो ।

नवनियुक्त प्रधानमन्त्री देउवाले मङ्गलबार प्रधानमन्त्रीका रुपमा शपथग्रहण गरेपछि ओलीले सरकारी निवास छाडेका हुन् । उनलाई पार्टी निकट सङ्गठन र समर्थकले नारा-जुलुससहित बालकोटसम्म पछ्याएका थिए ।

ओली २०७४ फागुन ४ गते प्रधानमन्त्रीको रुपमा सिंहदरबार प्रवेश गरेका थिए । २०७८ असार ३० गते बालुवाटारबाट उनी आफ्नो निवास बालकाेट फर्किएका हुन् । २०७४ फागुनमा प्रधानमन्त्री बनेका ओलीले ४१ महिना बालुवाटारमा बिताए ।