तपाईँ अत्यधिक मात्रामा कपाल झरेर दिक्क हुनुभएको छ । विभिन्न कारणले कपाल झर्ने समस्या पैदा हुन्छ । तर, गम्भीर रोगका कारण कपाल झर्ने समस्यामा बाहेक घरेलु विधि अपनाएर यसको समाधान गर्न सकिन्छ । यसका लागि :
अमलाको जुस
कपालको जरामा अमलाको रस ३० मिनेटसम्म लगाउनुस् । यो प्रक्रिया हप्तामा दुईपटक लगाउनुस् । अमलामा ट्यानिन र क्याल्शियम जस्ता पदार्थ पाइन्छ । यो दुवै पदार्थ कपाल बढ्न मद्दतगार हुन्छ ।
प्याजको रस
प्याजको रसले कपालमा यसको वृद्धिका लागि अतिरिक्त सल्फर प्रदान गर्छ । जसले गर्दा कपाल झर्न रोक्ने काम गर्छ । आधा प्याजको रस निकाल्ने र कपालको जरामा लगाएको ३० देखि ६० मिनेटमा पखाल्ने गर्नुपर्छ ।
नरिवलको तेल
नरिवलको तेल कपालको वृद्धि विकासमा निकै फाइदाजनक हुन्छ ।