Aafno Khabar
add khanepani

ब्ल्याक होलसम्बन्धि अध्ययनका लागि तीन वैज्ञानिकले भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार पाउने

  • एजेन्सी
  • October 7, 2020 प्रकाशित

ब्ल्याक होलका सम्बन्धमा स्पष्ट जानकारी प्राप्त हुने गरी गरेको कामका लागि तीन वैज्ञानिकले यस वर्षको भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार पाउने भएका छन् ।

सर रोजर पेनरोज, रिइनहार्ड गेन्जेल र आन्द्रेया गेजलाई भौतिकशास्त्र तर्फ यो वर्षको नोबेल पुरस्कार प्रदान गरिने भएको हो । तीन विजेताले पुस्कार बापतको ८ लाख ६४ हजार २०० पाउण्ड रकम आपसमा बाँड्ने छन् ।

अन्तरिक्षमा गुरुत्वाकर्षण अति शक्तिशाली भएको क्षेत्र ब्ल्याक होल भन्ने गरिन्छ । ब्ल्याक होलबाट प्रकाश पनि बाहिरिन सक्दैन अर्थात् प्रकाश पनि विलुप्त हुन्छ ।

बेलायतमा जन्मिएका अक्सफोर्ड विश्वविद्यालयका म्याथम्याटिकल फिजिसिस्ट सर रोजरले अल्बर्ट आइन्स्टाइनको थ्यौरी अफ रिलेटिभिटीमा ब्ल्याक होलको अपरिहार्य परिणामलाई प्रदर्शित गरेका थिए ।