काठमाडौं । लोकप्रिय सोसल मिडिया फेसबुकका संस्थापक मार्क जुकरबर्गको सम्पत्ति १ खर्ब डलर पुगेको छ ।
फेसबुक कम्पनीले टिकटकको प्रतिस्पर्धी एपको रुपमा इन्स्टाग्राम रील्स सार्वजनिक गरेपछि फेसबुकको शेयर मूल्य वृद्धि भएकाे थियाे ।
शर्ट भिडियो मेकिङ एप, इन्स्टाग्राम रील्स लञ्च भएपछि फेसबुक कम्पनीको शेयर मूल्यमा ६ प्रतिशत वृद्धि भयो । जसका कारण जुकरवर्गको सम्पत्तिमा समेत उल्लेख्य वृद्धि भएको हो ।
जुकरबर्ग एक खर्ब डलर सम्पत्ति हुने विश्वका तेश्रो व्यक्ति बन्न सफल भएका छन् । अहिलेसम्म एक खर्ब डलर सम्पत्ति हुने व्यक्तिहरुमा अमेजन सिइओ जेफ बेजोस र माइक्रोसफ्ट संस्थापक बिल गेट्स मात्र थिए ।