Aafno Khabar
Creative Ideas

लकडाउनले राेकिएकाे लाेकसेवा आयाेगकाे परीक्षा तत्काल नहुने

  • आफ्नो खबर
  • २०७७ साउन १८ गते प्रकाशित

काठमाडौं । लकडाउनमा रोकिएको लोकसेवा आयोगको परीक्षा तत्काल नहुने भएको छ।

आयोगले परीक्षाको तयारी थाले पनि कोरोना संक्रमित बढ्दै गएपछि पुन: तत्काल परीक्षा सञ्चालन नगर्ने निर्णय भएको हो । सरकारले भदौ १ देखि लामोदूरीको यातायात सञ्चालनमा ल्याउने निर्णयसँगै आयोगले परीक्षाको लागि तयारी थाल्दै आएको थियो ।

लोकसेवा आयोगका प्रवक्ता गीता कुमारी होमेगाईँले परीक्षा लिने सहज परिस्थिति नभएकाले तत्काल लोकसेवाको परीक्षा नहुने जानकारी दिनुभयाे । उहाँले अब परिस्थिति सहज भएपछिमात्र परीक्षा सञ्चालन गर्ने जानकारी दिनुभएकाे हाे ।

आयाेगका सबै परीक्षा लकडाउनका कारण स्थगित भएका छन् ।