Aafno Khabar

गुटगत रणनीति बनाउन नेकपा अध्यक्ष प्रचण्ड र नेपालबीच भेटवार्ता

  • २०७७ बैशाख १९ गते १३:२२ प्रकाशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

शनिबार बस्ने सचिवालय बैठकको पूर्वसन्ध्यामा नेता नेपाललाई भेट्न प्रचण्ड उहाँकै निवास कोटेश्वरमा पुग्नुभएको हो । भेटमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रस्तावबारे छलफल हुने बताइएको छ ।

बुधबार साँझ बसेको सचिवालय बैठकमा नेताहरुले राजीनामा मागेपछि ओलीले कोरोनाको संकट समाधान भएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राख्नुभएको थियो ।